
काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार ५४.५४ अंकले बढेर २१७५.१७ अंकमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ९.२६ अंक, फ्लोट इण्डेक्स ३.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंकले बढेको छ । यस दिन तीन सय चार कम्पनीका एक करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर आठ अर्ब चार करोड ३८ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको कारोबार भएका छन् ।
कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेकोमा फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ भने जलविद्युत्, लगानी र लघुवित्त समूहको तीन प्रतिशतभन्दा धेरै बढेको छ । बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको परिसूचक पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन् ।
सोना सिमेन्टसहित नेपाल इन्फ्रास्टक्चर बैंक, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको सर्वाधिक कारोबार हुँदै शीर्ष तीन कम्पनीमा समेटिएका छन् भने हिमाल दोलखा, अपि पावर, अरुण काबेली पावर, हाथवे, शिवम् सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी पावरको पनि सर्वाधिक कारोबार हुने १० कम्पनीमा समेटिएका छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने निफ्राको २३ करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर २१ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावर १७ करोड ६३ लाख र अपि पावरको १६ करोड ४६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।
बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयर हाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर, न्याग्दी ग्रुप पावर र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
ज्योति विकास बैंक बण्ड २०८७ को ९.९९ प्रतिशत, हिमालयन ८०-२० को ९.७० र १० प्रतिशत प्राइम डेबेन्चर २०८८ को सेयर मूल्य भने पाँच प्रतिशतले बढेको छ । मिड सोलु हाइड्रोपावर, आइसिएफसी फाइनान्स डिबेन्चर २०८३, बुद्धभूमि नेपाल हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर २०८४, चिरख्वा हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच