एसियन कपमा साउदीको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं – एएफसी एसियन कप फुटबलमा साउदी अरेबियाले जित हात पारेको । गएराति कतारमा भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको हो ।

साउदीका लागि अब्दुलरहमान घरिबले र अलि अलबुलाहीले गोल गरे । खेलमा ओमानले सुरुवाती अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा साउदीको खराब कर्नर पछिको काउन्टरमा हसन अलतम्बाक्टीले मुहसेन अल घसानीलाई बक्समा लडाएपछि ओमानले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदूपयोग गर्दै सलाह अल याहयैले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको साउदीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्यो । खेलको ७८औं मिनेटमा अब्दुलरहमान घरिबले साउदीका लागि गोल गरे । खेलको इन्ज्युरी समयको छैठौं मिनेटमा अलि अलबुलाहीले हेडर मार्फत गोल गरेपछि खेल साउदीको पक्षमा गएको हो ।

समूह ‘एफ’मा साउदी र थाइल्यान्डको समान ३ अंक छ । साउदी र ओमानको खेलसँगै एसियन कपमा पहिलो चरणका खेल सकिएको छन् ।

बुधबार समूह ए का २ खेल हुँदैछन् । साँझ ५ः१५ बजे लेबनान र चीन तथा साँझ ८ः१५ बजे हुने घरेलु टोली कतार र ताजिकिस्तानबीच खेल हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?