मुलुकमा स्थायीत्व र समृद्धिको आवश्यकता छ : नेता कार्की

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा स्थायीत्व र समृद्धिको आवश्यकता रहेको बताउनु भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र जनताको भावना अनुसार स्थापना भएको बताउँदै कार्कीले शान्ति प्रक्रियाका केही कामहरु अहिले पनि बाँकी रहेकाले त्यसलाई टुंगोमा पुर्याउँदै दिगो शान्तिसहित १० बर्ष भित्रमा मुलुकलाई समृद्ध बनाउन सबै जुटनु पर्ने बताउनु भएको हो ।

आगामी माघ ११ गते हुन गईरहेको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बन्नुभएका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका उम्मेदवार तथा केन्द्रिय सदस्य चम्पादेवी कार्कीले भोजपुरका जनप्रतिनिधीसँग राखेको भेटघाट कार्यक्रममा बुधवार बोल्नु हुँदै कार्कीले शान्ति प्रक्रियामा मुलुकलाई लैजान नेता सिटौलाले खेल्नु भएको भुमिका महत्वपूर्ण भएकाले राष्ट्रियसभाको उहाँको विकल्प नभएको बताउनुभयो ।

मुलुकलाई द्वन्द्वबाट सफलरुपले अवतरण गर्नका लागि कांग्रेस नेता सिटौलाको महत्वपूर्ण भुमिका रहको बताउँदै कार्कीले बाँकी रहेका शान्ति प्रक्रिया पूरा गराउन पनि गठबन्धन दलका उम्मेदवार सिटौला योग्य उम्मेदवार भएको बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?