दुई विदेशी टोलीसहित ‘ए’ डिभिजन क्लवले केपी ओली कप खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लव खेल्ने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदैछ । यस पटक भुटान र भारतका क्लवले पनि खेल्ने आयोजकले जनाएको छ ।

बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका खेलहरू च्यासल, र दशरथ रंगशाला हुने भएको छ । सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा खेलाइने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?