काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौँ ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने भएको छ । महोत्सवमा विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी गराउनुभयो ।
फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ । फुटबल र बास्केटबलको ब्वाइजमा समान १६-१६ तथा गल्र्समा समान १२-१२ टिमको सहभागिता रहनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा समान तीन÷तीन स्पर्धामा खेल हुनेछ । एथलेटिक्समा १४ स्पर्धा समावेश छन् ।
गल्र्स फुटबल टुसाल फुटबल मैदान, ब्वाइज/गल्र्स बास्केटबल हिमरश्मी स्कुल, ब्याडमिन्टन जी फोर स्पोर्ट्स कोर्ट र टेबलटेनिस सिर्जना ज्ञान सागर स्कुलमा खेलाइनेछ । ब्वाइज फुटबल र एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
महोत्सवमा ओप्समा आबद्ध २५ वटै विद्यालयको सहभागिता रहने ओप्सका सचिव शिव अर्यालले जानकारी दिनुभयो । हरेक खेलको टिम च्याम्पियनलाई नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद फुयालले जनाउनुभएको छ । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच