
मुगु । कर्णाली प्रदेशकै विकट मानिने सोरू गाउँपालिका भित्रका अधिकांश वस्तीहरू सञ्चारको पहुँचभन्दा बाहिर रहेको पाईएको छ । सोरू गाउँपालिका सबै बस्तीलाई समेट्ने गरि वडा नं ८ कच्चेकोट र वडा नं ६ पुरूमुरूको लेकमा नेपाल टेलिकमको फोरजी टावर राखेपनी उपकरण जडान गरिएको छैन् । यसरी निमार्ण भएका टावरहरू सञ्चालमा नआउँदा गाउँपालिकाका अधिकांश वडाहरू सञ्चार सेवाबाट बञ्चित भएका हुन् ।
सोरू गाउँपालिकालवडा नं ८ तारापानीका सथानीय प्रेम बहादुर रावलले भने, “आफन्तको लागि जरूरी खवर गर्न र ईमेल ईन्टरनेटबाट डकुमेन्ट पठाउन गाडी चढेर गमगढी जानु पर्ने बाध्यता छ । जान आउन गरेर एक दिनमा करिब ३ हजार खर्च हुन्छ । के गर्ने गाउँमा एक कल फोन समेत लाग्दैन । ईमेल, ईन्टरनेट त परको कुरा हो ।”
रातको समयमा आफन्त बिरामी हुँदा, सुत्केरी ब्यथा लाग्दा एम्बुलेन्स बोलाउने विकल्प समेत नरहेको कालैं स्वास्थ्य चौकीका सिनियर अहेब छक्क बहादुर शाहीले सुनाउनु भयो । “जिल्लाकै दुर्गम बस्तीमा अवस्थित स्वास्थ्य चौकीमा हुने विभिन्न काम गर्दा ईमेल, ईन्टरनेट आवश्यक पर्दछ । कार्यालयको प्रगतिको रिर्पोटिङ गर्नुपर्छ । सम्बन्धित ठाउँमा कागजात पुर्याउन र जानकारी गराउन स्थलगत यात्रा गरी समय खर्चिनु पर्ने बाध्यता छ” शाहीले गुनासो गर्नुभयो ।

“गाउँमा बस्दा खबर आदान–प्रदान नहुँदा गुमराहा भई बस्नु पर्ने बाध्यता छ” अहेब शाहीले भन्नुभयो “ कतै एक कल फोन गर्नु गर्दा कि त अल्को डाँडोमा जानू पर्छ कि त गाडीमा सोरूकोट र गमगढी जानू पर्ने वाध्य अवस्थामा छौं।”
सोरु गाउँपालिका तारापानी बजारमा भेटिएका कर्णाली जलपरियोजना मुगुका सब ईन्जिनियर सुवास कुमार शाही सञ्चार सेवा नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउनुभयो । “ गाउँपालिका भित्र खानेपानीका योजना अनुगमन गर्न खटिएको छु तर भनेको ठाउँबाट घरमा फोन गरौ भने एक कल फोन पनि लाग्दैन । अफिसमा अनुगमन रिपोर्ट गरौ भने नेट चल्दैन । साँझ बिहान र फुर्सदको समयमा समचार हेरौ भने नेट छैन । यतिकै गुम्राह बस्नु यो हाम्रो बाध्यता हो” शाहीले भन्नुभयो ।
सोरूकै फोतु गाउँका बासिन्दा स्थानिय राजबहादुर शाही आफ्नो घरबाट एक कल फोन गर्न डाँडो चढ्नु पर्ने बताउनु भयो । “नेर र ताँजामा त ठ्याम्मै फोन लाग्दैन। फोतुमा ,फोन लाग्दैन मुस्किलले घर बाहिरबाट फोन लागे पनि आवाज राम्रोसँग सुनिदैन” शाहिले सुनाउनु भयो ।
सोरू गाउँपालिका भित्रका अधिकांश युवाहरू ईन्टरनेटको पहुँचबाट बाहिर हुँदा विभिन्न किसिमका जानकारी , सुचनाहरू समयमा नै पाउन नसकि विभिन्न अवसरबाट बन्चित हुनु परेको छ । सोरू गाउँपालिका भित्रका तारापानी, गिलाहाँ,नुवाँकोट सीप, रूम,कच्चे,आँसीधारा, ख्याल्च, बुम्च, सिरूपाटा, ताँजा, जडेपानी फोतु लिब्रु, नेर, लगायतका दुर्गम बस्तीहरू संचारको पहँच भन्दा बाहिर रहेका छन् ।
नेपाल टेलिकमका कर्णाली प्रदेशका क्षेत्रिय निर्देशक उमेश शाहले भन्नूभयो, “नेपाल सरकारको देश भरिका सबै दुर्गम बस्तीहरूमा सञ्चारमा पहुँच पुर्याउने लक्ष अनुसार नेपाल टेलिकमले पनि सरकारको लक्ष्य पूरा गर्ने नीति अनुरूप आफू अघि बढिरहेका छौँ ।”
मुगुकै खत्याड गाउँपालिकाको कोटडाँडा र सुकाढिकमा हालै फोरजी सेवा बिस्तार भैसकेको छ । सोरूमा पनि सबै वस्तीकभरेज हुने गरी संन्चार सेवा बिस्तारका लागि आफू लागि परेको निर्देशक शाहले बताउनु .भयो । केही बर्ष अगाडि बनेका कच्चेकोट टावर र पुरूमुरू लेकको फोरजी टावरमा बिटियस उपकरण जडानको काम मात्र बाँकी रहेकाले त्यसलाई पुरा गर्नको लागि आबश्यक प्रकृया अघि बढिसकेको । निर्देशक शाहले जानकारी गराउनु भएको थियो ।

हाल टेलिकम सँग बिटियस उपकरणहरूको अभाव रहेको र कतै जगेडा सेटहरू छन् भने त्यसको खोजी कार्य भैराखेको छ। यदी कतै नभेटिए खरिद प्रकृयाका गयर भए पनि टावर सन्चालन गरिनेछ ।टावरसँगको लिंक बिना फोरजी सेवाको बिस्तार सम्भव नहुने भएकोले छायाँनाथ रारा नगरपालिकाको थार्प मालिकी लेकमा बन्दै गरेको टावर सम्पन्न हुँदा साथ लिङक गराए कच्चेकोटको टावरले काम गर्ने निर्देशक शाहको भनाई थियो । पुरूमुरू लेकको टावरसँग हुम्लाको तल्लो भेग मैलाको टावरसँग लिङ्क गराईने शाहले बताउनुभयो ।
हाल मौसम प्रतिकुलताका कारण काम कार्वाहीमा केही ढिलाइ भएपनि मौसममा सुधार आउना साथ प्रकृया अघि बढ्ने छ । सोरू गाउँपालिका, खत्याड गाउँपालिकामा हाल निर्माण भैसकेका र निर्माण हुँदै गरेका फोरजी टावरहरूले कभरेज नगरेका स्थानहरूमा पुन अध्यन गरि सबै प्रकृया पूरा गरि सन्चार सम्पर्क भन्दा बाहिर रहेका बस्तिलाई पनि सञ्चारको पहुँचमा जोडिने निर्देशक शाहले जानकारी गराउनु भयो ।
धन्यवाद sir यथार्त कुरा काे उठान गर्नुभएको मा।आशा छ छिटो भन्दा छिटो सोरू बासी सञ्चारको माध्यमबाट बञ्चित हुने छैनौं