काँग्रेसको संसदीय दलको बैठक जारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको हो । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफलका लागि बैठक बसेको हो ।

आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरुलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायत सांसदहरुको उपस्थिति रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?