पाल्पा । कतिपय सांसद तथा जनप्रतिनिधिहरु पद र सत्ता स्वार्थमा लिप्त रहनुको साथै नातागोता र आफन्तलाई जागिर खुवाउन उद्धत भई आफ्नै मतदातामाझ आलोचित बनिरहँदा पाल्पा क्षेत्र नं. २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना भने जनताको मन जित्ने गरी अगाडि बढ्नुभएको छ । उहाँले विगतमा नेपाली काँग्रेसको पाल्पा सभापति हुँदा होस् वा सांसद र मन्त्री हुँदा नै किन नहोस् गरिब, विपन्न, असाहयहरुका समस्यामा सधै सक्रिय नै रहनुभयो । संसदमा जनताहरुको आवाज बुलन्द रुपमा उठाउनेदेखि पाल्पाको विकास निर्माणका काम र आम जनातालाई परेको दुख पीडामा सांसद रानाले अभिभावकीय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाँ कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वधारका क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट ल्याउन पहल गर्नेदेखि जनताका सामान्य भन्दा पनि सामान्य समस्या समाधनमा लाग्ने गर्नुभएको छ । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका रानाले भने व्यक्तिगत खर्च गरेरै भए पनि जनतालाई परेका अफठ्यारा र समस्यामा साथ दिदै आउनुभएको छ । सांसद रानाले केही दिन अघि जिल्लाको बगनासकाली गाउँपालिका-५ दर्लामडाँडामा लामो समय मोटर र पाइप बिग्रेर खानेपानीबाट बञ्चित भएका ३० घर उपभोक्ताहरुलाई व्यक्तिगत खर्चमा माेटर खरिद गरिदिनुभएको छ । अहिले पम्प जडान भएपछि त्यहाँका उपभोक्ताहरुले सहज रुपमा पानी खाइरहेका छन् ।
धारामूल खानेपानी आयोजनाअन्तर्गत तल्लो खानेपानी टाकुरामा पर्ने मूल र रिजर्भ ट्याङ्कीसम्म आउने पाइप र मोटर बिग्रेपछि त्यहाँका उपभोक्ता खानेपानी खानाबाट बञ्चित थिए । स्थानीयले पटक-पटक स्थानीय सरकार र सम्बन्धित निकायमा सहयोगको लागि आग्रह गरे पनि कहि कतैबाट सुनुवाई नहुँदा लामो समय खानेपानीबाट बञ्चित हुनु परेको स्थानीय पिताम्वर पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले धेरै ठाउँमा भन्यौं तर कसैले पनि सुन्नु भएन, एक पटक हाम्रै क्षेत्रका सांसदलाई भन्नु पर्यो भनेर माननिय वीरबहादुर रानालाई भन्यो, उहाँले हुन्छ म कतै पहल गर्छु भन्नुभयो ।’ अहिले सांसद रानाले मोटर ल्याइदिएपछि भने हामीले सहजै पानी उपभोग गर्न पाएको उहाँको भनाई छ । ‘पम्प र त्यसका लागि आवश्यक सामानहरु बिग्रिएपछि हामीले मर्मत सम्भार गर्न सकेका थिएनौं, अहिले मान्य ज्यूबाट सहयोग भएको छ खुसी छौं’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन गैरेले भन्नुभयो । सासंद रानासहित नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ (ख)का सचिव शंकर भण्डारी, सामजसेवी तथा व्यवसायी बसन्तमान सिमागैंडा, पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष टिकाराम गैरे, काँग्रेस नेता थानबहादुर मगरलगायतको पहलमा दर्लामडाँडामा पम्प जडान गरिएको हो ।
सांसद राना उनीहरुको सहकार्यमा काठमाडौंबाट पम्प मगाएर प्राविधिक टोलीसहित जडान गर्न दर्लामाडाँडा पुग्नुभएको थियो । पम्प जडान स्थलमै पुग्नुभएका सांसद रानाले आफुले धेरै ठाउँमा पम्प जडानका लागि पहल गरे पनि तत्काल कतैबाट पनि सहयोग नभएपछि आफुले व्यक्तिगत र केही साथीहरुको सहयोगमा पम्प सहयोग गरेको बताउनुभयो । उहाँले जनताको सुख, दुखमा आफु सधै साथमा रहेको भन्दै अफठ्यारो पर्दा जति बेला पनि सम्पर्क गर्न आम नागरिकलाई आग्रह गर्नुभयो । ‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ सांसद रानाले भन्नुभयो, ‘मेरो सबै समय जनता र विकासको लागि खर्च गर्नेछु ।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो । जनताले चुनेर पठाएपछि मैले उहाँलाई परेको दुखमा टुलुटुलु हेरे बस्न मिल्दैन ।’ ‘मलाई सम्पत्ति धेरै भएर होइन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ सांसद राना भन्नुहुन्छ, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु ।’ सांसदसँगै पम्प जडानमा पुग्नुभएका काँग्रेस युवा नेता शंकर भण्डारीले जनप्रतिनिधि हुनु पो यस्तो भन्दै सांसद रानाको प्रशंसा गर्नुभयो । उहाँले जनताका हरेक समस्यामा सांसद रानाले देखाएको सक्रियता अन्य जनप्रतिनिधिहरुले पनि अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । नेता भण्डारीले भन्नुभयो ‘अरुले अभिनय गर्छन् काँग्रेस भने जनताको घर-घरमा पुगेर दुःख सुखमा अभियान चलाउन्छ ।’
सांसद रानाले पाल्पाका ग्रामीण क्षेत्रमा रहेका विपन्न नागरिकहरुको अवासका लागि जस्तापातादेखि आवश्यक लत्ताकडा, खाद्यान्न जस्ता कुराहरुमा समेत व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएको छ । उहाँले सांसद र उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री भएपछि २०३८ सालबाट शुरु भएर अलपत्र परेको कचल सिँचाईं फाट आयोजनाको पूर्णता दिनुभएको थियो । जसका कारण किसानको दैनिकी नै सुधारिएको छ । त्यस्तै, उहाँले पाल्पामा सिँचाईं विस्तार र ग्रामीण सडकलाई बाह्रै महिना नियमित चल्ने गरी काम गर्दै आउनुभएको छ । त्यति मात्र होइन सांसद रानाको पहलमा जिल्लाका विभिन्न क्षेत्रमा पुल निर्माणका काम समेत भइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच