
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मधेश प्रदेशमा पनि मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गर्दै स्थानीय तहबीच समन्वय गरेर बस सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै अध्यक्ष केसीले विदेशमा सिकेको ज्ञान, सीप र पुँजी नेपाल ल्याउन र नेपालको विकासका लागि लाग्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको मधेश प्रदेशसँग आत्मीय सम्बन्ध रहेको बताउनुभयो भने एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मधेश प्रदेशबाट विश्वका विभिन्न देशमा पुगेका नेपालीहरूको संस्थामा ठूलो योगदान रहेको बताउनुभयो । एनआरएनए परोपकार विभाग संयोजकसमेत रहनुभएका शर्माले विगत दुई दशकमा संस्थागतरूपमा नेपालमा एक अर्ब बराबरको परोपकारी काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह र नगरप्रमुख मनोजकुमार शाहले मोबाइल ब्लड बस सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा एनआरएनए युवा उपाध्यक्ष रोशन थापा, सचिव पारसमणि पोखरेल, सल्लाहकार टिवी कार्की, अतुल कोइराला, विधान संशोधन सुझाव समितिका संयोजक भवानीप्रसाद ओली, पूर्व युरोप संयोजक सन्तोष भट्टराई, एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्रलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच