शोभा भगवतीको एक बन्द कोठाभित्र ३ महिनादेखि महिलाकाे शव, एक जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि शव रहेको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र कम्तिमा ३ महिना अघिदेखि शव रहेको पाइएको बताए ।

शोभाभगवती स्वयम्भूस्थित एक २ तले घरको भुई तलामा कोठा ३ महिनादेखि बन्द रहेकोमा सो डेरा कोठामा बस्दै आएका पुरुष र महिला समेतसँगग सम्पर्क नभएपछि स्थानियको रोहबरमा घर धनी र स्थानियले कोठा खोली हेर्दा मृत्त सढेगलेको अवस्थामा मानव आकृति फेला परेको प्रहरीले जनाएको छ ।

मानव आकृतिको शवको पहिचानमा कठिनाई भएपछि सो मानव आकृतिको सनाखत गराएपश्चात सोहि कोठामा बस्ने तनहुँ जिल्ला भिमाद नगरपापालिका घर भएकी वर्ष ५१ की सफिना मियाको भएको प्रहरी जनाएको छ ।

प्रहरीले उक्त कोठामा बस्दै आएका भारतीय नागरिक इक्रामउल अन्सारीलाई पक्राउ गरेको छ ।

अन्सारीले मियाँको हत्यापछि भारततर्फ गएको र हाल नेपाल आएको मौकामा पक्राउ परेको एसएसपी खत्रीले जानकारी दिनुभयो । अन्सारी पुनः भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुसँगै बस्दै आएका थिए । उनीहरु दुवै विवाहित रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?