पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालत सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उहाँको नियुक्ति बदर भएको हो ।

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?