काठमाडौंका अस्पताल तथा विभिन्न क्लिनिकमा काम गरिरहेका नक्कली डाक्टर पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयाे ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा विराटनगर– २ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका भट्टचार्यलाई प्रहरीले सार्वजनिक गरेको छ । उनलाई आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएको प्रहरी अनसन्धानबाट खुलेको छ ।

टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै उनले काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?