
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मीकी सुनिशा मिश्रले सातौँ ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पमा स्वर्ण जित्नुभएको छ । दीपेन्द्र ब्वाइज तथा सुनिशा गल्र्समा पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गर्नुभयो । हिमरश्मीका आदर्श थिङ र फेरिल्याण्डका मदन गडाइली संयुक्तरूपमा दोस्रो हुनुभयो । सुनिशाले १.२१ मिटर जम्प गर्नुभयो । कौशलकी सेमिनु तामाङ दोस्रो तथा फेरिल्याण्डकी कृतिका कटुवाल तेस्रो बन्नुभयो ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज १ सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो हुनुभयो । उहाँले १२.७२ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । एञ्जल्स हार्टका हिमसागर पुन मगर दोस्रो तथा हिमरश्मीका नवीन महत तेस्रो स्थानमा रहनुभयो । उक्त स्पर्धाको गल्र्समा हिमरश्मीकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेण्डमा पूरा गरी स्वर्ण जित्नुभयो । कौशलकी सेमिनु तामाङले रजत तथा सिर्जना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जित्नुभयो ।
ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेण्डमा पूरा गर्नुभएका लालीगुराँसका सुवास रावत शीर्षस्थानमा रहनुभयो । विभूतिका अंकित श्रेष्ठ तथा न्युएराका पेम्बा तामाङ क्रमशः दोस्रो र तेस्रो हुनुभयो । सो स्पर्धाको गल्र्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुम्नुभयो । रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेण्ड समय खर्चनुभयो । सिर्जना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य हात पार्नुभयो ।
लङजम्पको ब्वाइजमा सिर्जना ज्ञान सागरका रविन तामाङ पहिलो हुनुभयो । उहाँले ५.६० मिटर जम्प गर्नुभयो । एञ्जल्स हार्टका हिमसागर पुन दोस्रो तथा कौशलका सलिन बानियाँ तेस्रो हुनुभयो । सोही स्पर्धाको गल्र्समा हिमरश्मीकी ममता बराल पहिलो हुनुभयो । ममताले ३.९३ मिटर जम्प गर्नुभयो । ज्ञान मन्दिरकी रञ्जिता अम्गाईं दोस्रो तथा फेरिल्याण्डकी अपेक्षा ढुंगाना तेस्रो बन्नुभयो । ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जित्नुभयो । उहाँले १०.४२ मिटर टाढा फाल्नुभयो । हिमरश्मीका ओमन घले दोस्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेस्रो स्थानमा रहनुभयो ।
रिलेको चार गुणा चार सय मिटरतर्फ ब्वाइज/गल्र्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा ग¥यो । ब्वाइजमा कौशल दोस्रो तथा हिमरश्मी तेस्रो भए । गल्र्समा हिमरश्मी दोस्रो तथा कौशल तेस्रो बन्नुभयो ।
फुटबल
सेबले सातौँ ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेबले अमृतलाई ४-० गोलले पराजित गर्यो । सेबका अर्जुन राना मगरले हृयाट्रिक गर्नुभयो भने विकास गुरुङले १ गोल थप्नुभयो । जितसँगै सेब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वाटरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १-० गोलले हरायो । पुष्पकुञ्जका रविन जिसीले निर्णायक गोल गर्नुभयो । प्रगतिले सिर्जना ज्ञान सागरलाई २-० गोलले पाखा लगायो । प्रगतिका लागि दुवै गोल विशान्त पुटुवारले गर्नुभयो । कौशलले विभूतिमाथि ४-० को सहज जित दर्ता ग¥यो । कौशलका अतीत श्रेष्ठले २ तथा जितराम भुलले १ गोल गर्नुभयो । १ गोल आत्मघाती थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच