वाइफाई नेपालको दशैं अफर

Read Time = 2 mins

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले ‘दशैंको मास्टर अफर’ ल्याएको छ । अफरअन्तर्गत ३० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्करूपमा ५० एमबिपिएसमा अपग्रेड हुने मौका दिने भएको हो । यसअघि ३० एमबिपिएस इन्टरनेट जडान गरेका ग्राहकले अब सोही शुल्कमा ५० एमबिपिएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबिपिएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबिपिएस प्याकेजकै शुल्ककरबाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१ सय रुपैयाँ अथवा त्रैमासिक ११ सय रुपैयाँ तिरेर नवीकरण गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वार्षिक नवीकरण गर्दा ५० एमबिपिएसका लागि करबाहेक मासिक तीन सय ३३ रुपैयाँमात्र पर्न आउँछ । तर, ५० एमबिपिएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक पाँच हजार पाँच सय रुपैयाँ (करबाहेक) लाग्नेछ । जसमा राउटर, तार र जडान शुल्कसमेत जोडिएको छ । सोही प्याकेज पहिलोपटक लिँदा छ महिनाका लागि ३६ सय र तीन महिनाका लागि ३१ सय रुपैयाँ पर्नेछ । कम्पनीले ८० एमबिपिएसको नयाँ प्याकेजसमेत ल्याएको छ । जसअन्तर्गत सात हजार पाँच रुपैयाँ (करबाहेक) मा एक वर्षका लागि ८० एमबिपिएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंह श्रेष्ठले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?