
काठमाडौं । एफसी एसियन कप फुटबलमा ताजिकिस्तान र कतारले जित निकालेका छन् । गएराती भएको खेलमा ताजिकिस्तानले लेबनानलाई २–१ गोलले हरायो ।
कतारमा हिजो भएको खेलमा लेबनानलाई हराउँदै ताजकिस्तान समूह ‘ए’ को उपविजेता बनेर नकआउट चरणमा पुगेको छ । ताजिकिस्तानले पुनरागमन जित हासिल गरेको थियो । बासेल ज्रादिले ४७औं मिनेटमा गोल गर्दै लेबनानलाई खेलमा अग्रता दिलाएका थिए । कस्सेम एल जैन ५७औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिन पुगेपछि लेबनान १० खेलाडीमा सिमित भएको थियो ।
ताजिकिस्तानका लागि पार्भिजहोन उमारबाएभले ८०औं मिनेटमा गोल गरेका थिए थिए । त्यस्तै इन्ज्युरी समयको पहिलो मिनेटमा नुरिदिन खाम्रोकुलोभले हेडर गोल गर्दै ताजिकिस्तानलाई २–१को जित दिलाए ।
यसअघि हिजै भएको समूह ‘ए’को अर्को खेलमा कतारले चीनलाई १–० गोलले हराएको थियो । ६६औं मिनेटमा मोहम्मद अल–हेडोसले गरेको गोल नै कतारको जितका लागि निर्णायक भयो ।
कतार यसअघि नै अन्तिम १८ मा पुगिसकेको थियो । कतार ९ अङ्ककासाथ समूह विजेता बनेको छ । ताजिकिस्तानको ३ खेलमा ४ अङ्क रकेको छ । चीन २ अङ्कसहित तेस्रो र लेबनान १ अङ्कसहित समूहको पुछारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच