राजविराज। संविधान सभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले राजविराजस्थित शहीद साकेत चन्द्र मिश्र र स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरी आजबाट सप्तरी स्वाभिमान यात्राको शुभारम्भ गर्नु भएको छ ।
पूर्व मन्त्री यादवले दलीय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि यो अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नु भएको छ ।
उहाँलाई राजविराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुभाष चन्द्र यादवले फूलमाला, टिका लगाई स्वाभिमान यात्राको लागि बिदाई गर्नु भएको थियो।
उहाँले सप्तरीको समग्र विकासमा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ सप्तरी स्वाभिमान यात्राको सुरुवात गरिएको बताउनु भयो । अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरूको घर घरमा जाने उहाँले बताउनु भयो ।
जिल्लाको बलानबिहुल गाउँपालिका स्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुवात गरिएको बताउँदै पूर्वमन्त्री यादवले यसक्रममा गाउँका बुद्धिजीवी, किसान तथा सर्वसाधारणसँग सप्तरीको कृषि, सिँचाइ, पर्यटन लगायतका समस्या बारे छलफल गरिने उल्लेख गर्नु भयो।
‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीका स्थानीयसँग बसेर स्थानीयका समस्याहरूको पहिचान गर्छु’ पूर्वमन्त्री यादवले भन्नुभयो ‘स्थानीय स्तरमा देखिएका समस्याहरूको विषयमा गाउँका स्थानीयबासी तथा स्थानीय सरकारका प्रमुख लगायतसँग अन्तरक्रिया गर्छु ।’
पहिलो चरणमा जिल्लाको १८ वटै पालीकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच