हुम्लाको तुम्च सामुदायिक स्वास्थ्य इकाईमा उपकरण जडान

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्च सामुदायिक स्वास्थ्य इकाईमा नयाँ उपकरण जडान गरिएको छ ।

तुम्चमा रहको सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी हुन आउने महिलाका लागि एक नयाँ बेड जडान गरिएको स्वास्थ्यकर्मी किरण बुढाथोकीले बतउनुभयो । सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी हुन आउने महिलाका लागि बेडको समस्या भएकाले जडान गरिएको बुढाथोकीले बताउनुभयो ।

सुत्केरी हुन आउने महिलाका लागि नयाँ बेड जडान भएसँगै सहज हुने भएको तुम्च सामुदायिक स्वास्थ्य इकाईका प्रमुख बिउटी शाहीले बताउनुभयो । सुत्केरी हुन आएका महिलालाई शैया (बेड) अभावले समस्या बनाएको भएपनि अबका दिनमा सहज हुने भएको उहाँले बताउनुभयो । अहिले उक्त स्वास्थ्य इकाईमा आफु र एक जनाको गरी दुई जना कर्मचारी रहेको उहाँले बताउनुभयो ।

प्रमुख शाहीका अनुसार सुत्केरी गराउन आएका महिलालाई विगतका जस्तो अन्त्यै लैजानु पर्ने अवस्थाको बाध्यता हटेको बताउनुभयो । यहाँ सुरक्षित प्रसुति गराउन आउने महिलाका उपकरण जडानसँगै सामग्री पनि भएकाले सहज हुने भएको छ ।
जन्मेपछि राख्ने ‘बेबी वार्मर’ मेसिन र अभाव रहेको छ । भिडियो एक्सरेका कारण बच्चाको अवस्था थाहा पाउन सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको ग्रामीण भेगका अधिकांश गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन छोडेर गाउँघरमै हुने गरेका छन् । पुरानो परम्परालाई अंगाल्दै गाउँघरमै हुने गरेको पाइन्छ । गर्भवती भएका महिलाले घर बाहिर सुत्केरी गराउन हुँदैन् भन्ने परम्परा जिल्लाका केही वस्तीमा रुडीवादी प्रथा कायम रहेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?