गुल्मी । गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको रक्त समूह पहिचान गरिएको छ । रगतको अभाव हुन नदिने उदेश्यसहित रक्त समूह पहिचान गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका सल्लाहकार पदमप्रसाद पाण्डेले बताउनुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवम् गुल्मी जिल्ला अध्यक्ष ध्रुव पाण्डेको जन्मदिनको अवसरमा पारेर उहाँको निजी खर्चमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुको रक्त समूह पहिचान गरिएको हो । २५ जनाको क्षमता रहेको यस कारागारका ११४ जना कैदीबन्दीमध्ये १०२ जनाको रक्त समूह पहिचान गरिएको छ । तीन जना पुरुष कैदीबन्दीले पहिलेदेखि नै रक्तदान गर्दै आएको पाइएको छ । आफ्नो रक्त समूह थाहा भएका कैदीबन्दी पनि फेला पारिएको बताइएको छ ।
यस जिल्लामा रगत बैंकको व्यवस्था छैन । रगतको अभाव कसैलाई पनि नहोस भनेर रगतको आपूर्ति गर्ने मुख्य उदेश्य रहेको छ । यस समाजले गुल्मी जिल्लामा मात्र नभएर नेपालका धेरैजसो अस्पतालमा रगत आपूर्तिको सहज व्यवस्थापन मिलाएको बताइएको छ । त्यस अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जन्मदिनको अवसर पारेर निकै महत्त्वपूर्ण काम गरेको भन्दै समय सान्दर्भिक कार्यक्रम रहेको बताउनुभयो । यस कार्यक्रमले समाजमा सकारात्मक काम गर्न सबैलाई प्रेरणा प्रदान गरेको समेत बताउनुभयो । कारागारका निमित्त कार्यालय प्रमुख प्रकाश घिमिरे कारागारको लागि यो महत्त्वपूर्ण काम भएको भन्दै यसले रगतको अभाव हुन नदिन निकै सहयोग गर्ने बताउनुभयो ।
यस जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० राजन भुजेलले निकै सह्रानीय काम गरेको बताउनुभयो । उहाँले रक्तदान गर्ने जस्ता महत्त्वपूर्ण कामहरुमा आफुहरु पनि सहयोग गर्न तत्पर रहेको भन्दै आफुहरुले पनि मानवीय कार्यमा सहयोग गर्ने बताउनुभयो । यस जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले विपद व्यवस्थापनसंग सम्बन्धित भएको भन्दै विपद व्यवस्थापनको सहजीकरणमा ठूलो सहयोग पुर्याउने बताउनुभयो । यस्तै अन्य रचनात्मक मानवीय कार्यमा सबैको चासो रहन जरुरी रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच