नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मंगलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसैगरी दल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समयभन्दा ढिला सुरु गरिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम सात डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मंगलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो ।
उत्तर रेलवेका अनुसार हावडा-नयाँदिल्ली राजधानी एक्स्प्रेस, राजेन्द्रनगर-नयाँदिल्ली राजधानी एक्स्प्रेस, डिब्रुगढ-नयाँदिल्ली राजधानी एक्स्प्रेस, बेंगलोर-निजामुद्दीन राजधानी एक्स्प्रेस, आजमगढ-दिल्ली जेएन कैफियत एक्स्प्रेस, बनारस-नयाँदिल्ली एक्स्प्रेस र कटिहार-अमृतसर आम्रपाली एक्स्प्रेससहित २८ वटा रेलहरू दुईदेखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए । आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ ।
दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मंगलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पञ्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ । यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो ।
भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटरमात्र दृश्यता रेकर्ड गरेको छ । यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच