
काठमाडौं । भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकका लागि बाई वान गिफ्ट वान फ्री नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबिपिएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नुका साथै आफ्ना लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागी हुन भायानेट ग्राहकले तीन, छ वा १२ महिनाको सदस्यता अवधिको १२५ एमबिपिएस वा सोभन्दा माथिको उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ ।
कम्पनीका अनुसार एकपटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत् उपहार भाउचर कोड प्राप्त गर्नेछन् । भाउचर कार्ड ग्राहकले आफ्ना प्रियजनलाई दिन सक्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबिपिएसको इन्टरनेट तीन महिनाका लागि दुई हजार सात सय रुपैयाँ बराबरको प्याकेज उपहार दाबी गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
उपहार भाउचर दाबी गरिसकेपछि आफ्ना प्रियजनलाई उपहार भाउचर दिने ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरेबापत एक महिनाको इन्टरनेट निःशुल्क पाउने बताइएको छ । अफर थप आकर्षक बनाउन भायानेटले १२५ एमबिपिएस तीन महिनाको प्याकेजमा नयाँ छुटसहितको मूल्य सार्वजनिक गरेको छ । जसको मूल्य दुई हजार सात सय रुपैयाँ रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच