प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु-याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?