एसियन कप : बहराइन र दक्षिण कोरिया नकआउट चरणमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं – बहराइन र दक्षिण कोरिया जारी एसियन कपको नकआउट चरणमा पुगेका छन् ।

बिहीबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ । सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शिर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

त्यसैगरी समुह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समुह चरणबाटै बाहिरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?