काठमाडौं । बागलुङका रोहित कायेट दोस्रो गलाक राष्ट्रिय मुवाँथाई प्रतियोगिताको पुरुष ६० केजीतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल हुनुभयो ।
नेपाल राष्ट्रिय मुवाँथाई संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह ‘ए’मा नुवाकोटका विजय राई, कास्कीका जसबहादुर गुरुङ, ललिपतुरका गोरक्ष खड्का र एनआरएनएका योगेन्द्र ग्याल्छो घलेले सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भइरहेको प्रतियोगिताको उक्त तौलसमूहको समूह ‘बी’मा सर्लाहीका सविन वाइबा, काठमाडौंका मनीष राई, खोटाङका अनिल वज्राचार्य र एपीएफका निरज नगरकोटीले सेमिफाइनल यात्रा तय गर्नुभयो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । तीनदिने प्रतियोगितामा करिब एक सय खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच