
नवलपरासी । सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाट ५, पाल्डाँडाको आयोजनामा शनिबार देखि “ पालडाँडा कप २०८०” शुरु भएको छ । प्रतिनिधिसभा सदस्य तथा अर्थ समिति सदस्य विनोद कुमार चौधरीले उक्त प्रतियोगिताको समुद्घाटन गुर्न भएको छ ।
आयोजक संस्थाका अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्रीको अध्यक्षता र विनोद कुमार चौधरीको प्रमुख आतिथ्यता तथा शिवप्रसाद शर्माको सञ्चालन रहेको समुद्घाटन कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,बडा नं। ५ की वडाध्यक्ष बिमला गुरुङ लगाएतका विभिन्न संघ संस्थाका ब्यीक्तत्वहरुको सहभागिता रहेको थियो ।
माघ २२ गते सम्म सञ्चालन हुने “ पालडाँडा कप २०८०” मा लुम्बिनी र गण्डकी प्रदेशका १० टिमले सहभागिता जनाएका छन् । आज समु्द्घाटनको पहिलो दिन बि।पि। स्मृति युवा क्लब माकर र सयपत्री युवा क्लब बुटवल बिच भएको खेलमा सयपत्री युवा क्लब बुटवललाई शुन्यका विरुद्ध बि।पि। स्मृति युवा क्लब माकरले १ गोल गरी विजयी हुन सफल भएको छ । खेल सञ्चालनको दोस्रो हापको १० मिनेटमा जर्सी नं। १० का विनोद केवटले गरेको गोल नै बि।पि। स्मृति युवा क्लब माकरका लागि निर्णायक गोल बन्न पुगेको थियो ।
भोलीको खेल आयोजक संस्था सगरमाथा सामुदायिक विकास प्रतिष्ठान,बर्दघाट र डिवाईडिए। दुम्किवास विच हुने आयोजक संस्थाका सल्लाहकार दिपक थापाले बताउनु भएको छ ।
“ पालडाँडा कप २०८०” को विजेता टिमले १ लाख ५१ हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेताले ७५ हजार ५ सय शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
त्यसैगरी प्रतियोगितामा गोल किपर,डिफेन्स,मिड फिल्डर,सर्वाधिक गोलकर्ता,म्यान अफ दि सिरिज र प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार दिने ब्यवस्था गरीएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ६ लाख खर्च हुने अनुमान गरीएको र त्यस्का लागि बर्दघाट नगरपालिका,बिभिन्न संघ संस्थाहरु र वैदेशिक रोजगारमा गएका विभिन्न ब्यक्तिहरुले सहयोग गरिरहेको खेल संयोजक कुल प्रसाद गुरुङले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच