
काठमाडौं । विनोद भण्डारीको शतकीय पारीमा त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध १६४ रनको फराकिलो जित हात पारेको छ । आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले २९ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो । आर्मीका कुशल मल्ल र विवेक यादवले समान ३-३ विकेट लिएपछि कर्णाली उक्त स्कोरमा समेटिएको हो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाउनुभयो । यस्तै, दिवन पुनले १३ बलमा १८, विपिन शाहीले १४ तथा कप्तान रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाउनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो । आर्मीका लागि विनोद भण्डारीले शतकीय पारी खेल्नुभयो । उहाँले १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै १०० रन प्रहार गर्नुभयो । बसिर अहमदले ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनको पारी खेल्नुभयो ।
आर्मीका लागि भीम सार्कीले ३५ बलमा २५ रन बनाउनुभएको थियो । यस्तै, कुशल मल्लले १८ बलमा २ छक्कासहित २१ रन थप्नुभयो । जितसँगै आर्मीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मी सात खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । मधेशले मूलपानीमा जारी खेलमा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेमा आर्मीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिनेछ । कर्णाली भने आठ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच