काठमाडौं । गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा प्राप्त गर्नुभएको छ । इण्डियन आइडलमा चर्चा कमाइरहनुभएकी पौडेलले आइतबार साँझको एपिसोडमा उक्त चश्मा प्राप्त गर्नुभएको हो । भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चश्मा गायिका पौडेललाई दिनुभएको हो । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चश्मा दिएका थिए ।
चश्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । उक्त चश्मा लगाएपछि अब मेनुकाले एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्नुहुनेछ ।
आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न सफल मेनुका उपाधिको दाबेदारसमेत हुनुहुन्छ । भारतीय दिग्गज गायक गायिका तथा अभिनेताहरूले उहाँको गायकीको तारिफ गरिरहेका छन् । मेनुकाले केही समय आगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पनि पाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच