कालीकोट । लैङ्गिक रूपान्तरण शिक्षा सम्बन्धी शिक्षकहरुका लागि शनिबारदेखि कालीकोटको सदरमुकाम मान्ममा सुरु भएको ३ दिने तालिमको सोमबार एक कार्यक्रमकबीच समापन गरिएको छ ।
किर्डाक नेपाल कालीकोटको सहजिकरण, प्लान इन्टरनेश्नल नेपालको सहयोग र सशक्त बालिका परियोजना अन्तर्गत कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका शिक्षकहरूलाई विद्यालयमा लैङ्गिक रुपान्तरण, कक्षा कोठा व्यवस्थापन, सिकाईलगायतका कुरामा ध्यान दिन तालिमको आयोजना गरिएको थियो ।
पाठ्यक्रम विकास केन्द्रले तयार गरी प्रारम्भीक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकालाई लागू गरेको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकालगायतका सामग्रीहरूको प्रयोगमा थप सहजता प्रदान गर्न तथा सरल तरिकाले अध्ययन गरेको कुरा बुझ्न र पढ्न सकून् भने उद्देश्यका साथ शिक्षकहरुलाई तालिम दिइएको हो ।
विद्यालय तहका प्रारम्भिक कक्षाहरूमा अध्ययन गर्ने बालबालिकाको अपेक्षित सिकाई उपलब्धि हासिल गराउन नेपाल सरकारले राष्ट्रिय प्रारम्भिक कक्षागत पढाइ प्रवर्द्धन सीप नीति ल्याएको छ । विभिन्न अध्ययनहरुले प्रारम्भिक कक्षाहरूमा सिकाइ उपलब्धी कमजोर देखिएकाले सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयहरूलाई थप सहयोग गरी पठनसिप प्रवर्द्धन गर्न जरुरी देखिएकोले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तीनदिने तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमा प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धितालले घरपरिवार र विद्यालयमा बालिका शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बालिकाहरुको शिक्षा र अन्य काममा छोरासरह ब्यवहार नभएका कारण बालिकाहरु माथिल्लो कक्षामा प्रतिश्पर्धा हुन नसक्नु मुख्य कारण रहेको बताउनुभयो ।
किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले ३ दिने तालिममा विद्यालयमा शौचालय अवस्था, सिकाई व्यवस्थापन, अभिभावकको भूमिका, कक्षा कोठा व्यवस्थापनलगायतका कुरा सिकाइएको र यसको परिणाम पनि चाडैं देखिने बताउनुभयो । कार्यक्रममा नरहरीनाथ गाउँपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख दुर्गालाल न्यौपानेले प्लान नेपालबाट सञ्चालित परियोजनाहरुमा लैङ्गिकमैत्री कार्यक्रम सञ्चालन भइरहेको र परियोजनामार्फत विद्यालय तहमा पनि बिभिन्न कार्यक्रम सञ्चालन भइरहेकाले पछिल्लो समय विद्यालय सुधारन्मुख देखिएको बताउनुभयो ।
तीनदिने तालिममा सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका गरी जम्मा ४० जना शिक्षकको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच