पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोपनीयता उल्लंघनको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

साथै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि राज्यको गोप्य कुरा चुहावट गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप छ। उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।

इमरान खान र अन्य शीर्ष नेताहरू गोप्य कूटनीतिक कागजातहरू खुलासा गरेकोमा मे ९ को हिंसा र गोपनीयता कानूनको उल्लङ्घनसँग सम्बन्धित मुद्दामा जेलमा छन् । अब उनको जेल जीवन लामो भएको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?