काठमाडौं । नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(केयु) बीच सहकार्यका लागि सम्झौता भएको छ । आर्थिक तथा वित्तीय विषयमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत् नीतिगत सुधारका कामलाई प्राथमिकतासाथ अघि बढाउने लक्ष्यसहित दुई संस्थाबीच सम्झौता भएको हो ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नसिप अवसरका लागि पनि बैंकसँग सहकार्य हुने सम्झौतामा उल्लेख छ । सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सीप, क्षमता र अन्य स्रोत आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासका लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । सम्झौतापत्रमा संघतर्फबाट अध्यक्ष सुनिल केसी र केयुतर्फबाट डिन प्रा. विजय केसीले हस्ताक्षर गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच