बंगलादेशविरुद्ध नेपालले सस्तैमा तीन विकेट गुमायो, अर्जुन कुमाल १४ रन बनाउँदै आउट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा बुधबार नेपालले बंगलादेशविरुद्ध कमजोर सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।

अहिले नेपालका लागि विशालबिक्रम केसी र देव खनाल क्रिजमा छन् ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर बिपिन रावललाई गुमाएको थियो । उनी दुई रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो । उनी तीन रन बनाउँदै आउट भएका थिए ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई पनि गुमाएको छ । उनी १४ रनको ब्यक्तिगत स्कोरमा आउट भएका छन् ।

नेपालले पहिलो विकेट गुमाउँदा १८, दोस्रो विकेट गुमाउँदा २८ र तेस्रो विकेट गुमाउँदा २९ रन बनाएको थियो ।

नेपालले अहिले सुपर सिक्सको पहिलो खेल खेलिरहेको हो । दोस्रो खेलमा नेपालले शुक्रवार भारतसँग खेल्नेछ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?