बंगलादेशविरुद्ध नेपाली बलर सुवास भण्डारीको खातामा पाँच विकेट

Photo : CAN

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी ब्याटिङ गरिरहेको बंगलादेशका लागि नेपाली अरु बलर हाबी हुन नसक्दा सुवास भण्डारीले भने पाँच विकेट लिएका छन् ।
बंगलादेशको पाँच विकेट नेपाली बलर सुवास भण्डारीले लिएका हुन् ।

२३ ओभरको खेल चलिरहँदा पाँच विकेटको क्षतिमा बंगलादेशले १५५ रन बनाएको छ । नेपालका अन्य बलरले अहिलेसम्म विकेट लिन सकेका छैनन् ।

नेपालले अहिले सुपर सिक्सको पहिलो खेल खेलिरहेको हो ।  नेपालले दोस्रो खेल शुक्रवार भारतसँग खेल्नेछ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?