गुल्मी। गुल्मीमा नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान प्रारम्भ भएको छ । तम्घासमा रहनुभएका प्राध्यापक, शिक्षक र दलित समुदायमा पुगेर उनीहरुसँग राय सुझाव लिँदै अभियानको शुुभारम्भ गरिएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक, शिक्षक महासंघका पदाधिकारी र रेसुङ्गा नगरपालिका–७ को भूजेल खर्कका दलित समुदायहरुसँग भेटघाट गरि सुझाव संकलनसंगै स्थलगत रुपमा समस्या र समाधानका उपायका विषयमा छलफल गरी गुल्मीमा अभियानको शुुभारम्भ गरिएको छ ।
त्यस अवसरमा कांग्रेस केन्द्रीय सदस्य डा। डीना संग्रौलाले कांग्रेसले वडा समिति सम्मको पहुँचको पहिचान गर्ने काम शुरु गरेको बताउनुभयो। यो अभियान अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उहाँले अब काँग्रेस नयाँ जोस र जागरका साथ अगाडी बढ्ने धारणा व्यक्त गर्नुभयो ।
केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला आउनुभएका नेपाली कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्यले अभियानको उदेश्य र यसको सार्थकताका बिषयमा जानकारी गराउनुभयो । उहाँले अब कांग्रेस समुदायप्रति उत्तरदायी भएर अगाडी बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले नेपाली कांग्रेसलाई जनमुखी बनाउनका लागि यो अभियान इतिहासमै सबैभन्दा महत्त्वपूर्ण भएको बताउनुभयो । लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसका नेताहरु तल्लोस्तरका कार्यकर्ता र समर्थक आम जनताका आवाज सुन्न आयो भन्ने खालको अनुभूति दिनु आजको आवश्यकताले ल्याएको यो अभियान निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री एवम् प्रदेश सांसद निमा गिरीले प्रदेश सरकारमा काँग्रेसले नेतृत्व गरेता पनि विकासका कुनै पनि काम सकारात्मक नदेखिएको बताउनुभयो । नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले यो अभियानलाई जिल्लामा कार्यान्वयन गर्ने काममा अत्यन्तै गम्भीर भएर लाग्ने बताउनुभयो ।
नेपाली कांग्रेस गुल्मीका उपसभापति अनन्तराम पौड्यालले जिल्लाको समग्र गतिविधिको बारेमा जानकारी गराउनुहुँदै सबै वडामा अभियानलाई प्रभावकारी रुपमा अगाडी बताउनुभयो । जिल्ला सचिवद्वय भगतसिंह खड्का र जगदीश भट्टराईले अभियानको उदेश्य र केन्द्रको परिपत्रका विषयमा जानकारी गराउनुहुँदै अभियानलाई उत्साहका साथ अगाडी बढाउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच