साताभर सात अर्ब बढीको सेयर कारोबार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको पछिल्ला तीन दिन लगातार बढेको सेयर बजारमा सात अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर चार दिन बजार खुलेकोमा पहिलो दिन आइतबार उच्च अंकले घटेको सेयर बजार त्यसपछिका तीन दिन बढेको थियो । चार दिनमा सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आइतबार दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैयाँमा कारोबार भएका थिए भने नेप्से ४२.१४ अंकले घटेर १९६४. ९१ अंकमा झरेको थियो ।

सोमबार भने नेप्से ४.२६ अंकले बढेर १९६९.१८ अंकमा पुगेको थियो भने २८ लाख ७४ हजार दुई सय ७५ कित्ता सेयर ८७ करोड चार लाख ४४ हजार एक सय ५६ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार नेप्से दोहोरो अंक १६.२४ ले बढेर १९८५.४३ अंक कायम भएको थियो भने दुुई सय ७२ कम्पनीका ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता सेयर एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ रुपैयाँमा कारोबार भएको थियो । अन्तिम दिन बिहीबार नेप्से ४४.३४ अंकले बढेर २०२९. ७८ अंकमा पुगेको थियो भने दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता सेयर तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैयाँमा करोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?