
हुम्ला । हुम्लासँग जोडिएको छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोका, नाम्लालगायतका सामग्री हुम्लामा आयात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँद याममा छिमेकी जिल्ला बाजुराको विभिन्न स्थानमा पुगी डोका खरिद गरेर यहाँ ल्याएर बिक्री गदर्छन् । हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घर खर्च चलाउनका लागि बाजुरामा उत्पादन भएका डोका ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने गरिन्छ ।
टाढाको दुरी तीन दिन लगाएर बाजुरामा पुगि त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका-७ चौगनफया गाउँका रमेश शाहीले बताउनुभयो । शाहीले भन्नुभयो,“ बाजुराको बडिमालिका नगरपालिका-७ ढम्कनेमा उत्पादन गरिएका डोका हुम्ला बिक्री गर्नका लागि खरिद गरि ल्याएका छौं ।” अहिले सदरमुकाम आसपासका गाउँमा बिक्री भइरहेको छ ।” ढम्कनेबाट एक सय पचास वटा डोका सिमकोट ल्याएको उहाँले बताउनुभयो । सिमकोट पुर्याइएका डोका यता बिक्री नभए चीनको ताक्लाकोट लैजाने समेत शाहीको भनाइ थियो । हुम्लाबाट डोका ताक्लाकोट पुर्याएपछि त्यहाँ दुई सय पचार सिउकर (नेपाली चार हजार रुपैयाँ)मा बिक्री हुने शाहीले बताउनुभयो ।
निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकाको सिमकोटसम्म आइपुग्दा अठार सयदेखि रु दुई हजारका दरले बिक्री भइरहेको शाहीले बताउनुभयो । ढम्कनेमा ६ सय देखी रु ८ सय सम्म पर्ने गरेको भएपनि हुम्लाको सिमकोटसम्म आउँदा गाडी खर्च, बाटो खर्चले गर्दा महंगो मुल्यमा बिक्री गर्नु परेको उहाँले बताउनुभयो ।
जङगलमा पाइने निगालाको चोयाबाट उत्पादन हुने डोका १ देखी ४ किलो ग्राम सम्म हुने गरेका छन् । डोको बुन्ने सिप भएकालाई बुन्न सजिलो हुने गरेको भएपनि जङगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताउनुभयो । सिमकोट बजार स्थित एअरपोर्ट चोकमा डोको बिक्रि गर्दै गरेका शाहीले थप्नुभयो, “आजभोलीको समयमा निगालो ल्याउन पनि डिभिजन बन कार्यालय मार्तडी बाजुरामा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निगालो निकासी गर्न पाउने कारणले समस्या सँगै दुःख थपिएको गुनासो बाजुराका स्थानीयको रहेको छ ।”
बिगत केही समयदेखी निगालोका डोका, डाला, छुन्का, सुपा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खदिर गरेर आफ्नो मुल्यमा बिक्रि गरी दिन गुजारा गर्दै आएको शाहीले बताउनुभयो ।
बाजुराको बडिमालिका- ७ स्थित ढम्कनेबाट बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुदै सर्केगाड गाउँपालिकाको गिउसीसम्म गाडीमा र गिउसीदेखी खार्पुनाथ,सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउदै बिक्रि गर्ने गरेको उहाँले बताउनुभयो ।
गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ बर्षका शाही अहिले सोही पेशामा रमाउन थालेका छन् । अहिले दिनभरी पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकी जस्तो बन्दै गएको उहाँले बताउनुभयो । गाउँमा जाँदा दिनमा ४ देखी ७ डोका सम्म बिक्रि गरेर १० देखी १५ हजार सम्मको आम्दानी हुने गरेको छ । तर खरिद र गाडिको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।
ढम्कनेदेखी हुम्ला सम्म करिब ५० किलो मिटरको दुरी सम्म ल्याइपुग्दा दुःख धेरै भएपनि फाइदा कमै हुने गरेको छ । शाहीले आफैले डोको बुनेर आफैले बेच्ने हो भने मनग्य फाइदा हुने बताउनुभयो । तर आफ्नो गाउँको जङ्गलमा निगालो नहुने र आफुलाई डोको बुन्ने सिप समेत नभएकाले अर्काले बुनेको डोको भएपनि त्यहीँ खरिद गरेर बिक्रि गर्ने गरेको उहाँको भनाई थियो ।
आजभोली बजारमा प्लाष्टिकका डोको डालो आकारका समाग्री आएकालेपनि यसको ब्यापार घट्दो क्रममा रहेको छ । त्यहाीँ माथि ति बस्तुको मुल्यपनि निगालोको डोको भन्दा सस्तो पर्ने भएका कारणले ब्यापारमा ह्रास आउन थालेको छ । यतिबेला बजार तथा सडक सञ्जालले छोएको ठाउँमा बिक्रि हुन छोडेको छ । पछिल्लो समय हुम्लाको दक्षिणी भेगमा यो पेशा हराउँदै गएको छ भने डोको, डालो, छाप्रो बनाउने सिप समेत हराउँदै गएको छ ।
केही नागरिकले पम्परागत रुपमा हातले बुनिएका डोकाहरु सजावटका रुपमा लिने गरेका छन भने कतिपयले आवश्यकताले लिने गरेका छन । गाउँमा भने डोका डालाको माग उतिकै रहेको छ । यतिबेला कृषकले खेतबारी बारी (गडा) मा मलजल, गोडमेल सँगै ढुंगो डालो गर्ने भएका गाउँमा माग बढ्न थालेको छ ।
छिमेकी जिल्ला बाजुराबाट हुम्लाको सदरमुकाम सिमकोटमा डोका ल्याएर बिक्री गर्दै युवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच