व्यवसायी अरुण चौधरी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीलाई सीआईबी टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।

सीआइबी स्रोतका अनुसार चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

छाला उद्योगको १० रोपनी जग्गा हडपेकाे र चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा चौधरीसँगै उद्योगका पदाधिकारी अजितनारायण  थापालाई पनि पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।

चौधरी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?