इयुले युक्रेनलाई १ मिलियन तोप दिन नसक्ने

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडौं । युरोपेली संघ (इयु)ले मार्चसम्म युक्रेनलाई १० लाख राउण्ड तोपखाना (गोला) पु¥याउने लक्ष्य गुमाउने बताएको छ ।

विदेश मामिला र सुरक्षा नीतिका लागि ईयुका उच्च प्रतिनिधि जोसेप बोरेलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउनुभएको हो । इयु रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकपछि बोरेलले डेस्टोकिंग र व्यक्तिगत तथा संयुक्त खरीदद्वारा इयुले मार्चसम्म ५ लाख २४ हजार गोलाहरू वा लक्ष्यको लगभग ५२ प्रतिशत मात्र डेलिभर गर्न सक्षम हुने बताउनुभयो ।

उत्पादन क्षमता बढ्दै गएपछि यस वर्षको अन्त्यसम्ममा युरोपेली संघले १० लाखभन्दा बढी राउण्ड युक्रेनमा पु¥याउन सक्ने उहाँको भनाइ थियो । गत वर्ष, इयु सदस्य राष्ट्रहरूले युक्रेनलाई रुससँगको द्वन्द्व बढ्दै गएपछि मार्च २०२४ सम्ममा १० लाख १५५ मिलिमिटर गोलाहरू उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेन बिरुद्ध रुसले गरेको विशेष सैन्य कारबाहीपछि ईयुको उत्पादन क्षमता ४० प्रतिशतले बढेको र २०२४ को अन्त्यसम्ममा १४ लाख पुग्ने बोरेलले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?