भूकम्पपीडितलाई सिमकोट गाउँपालिकाले दुई लाख सहयोग गर्ने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । गत शुक्रबार राति जाजारकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परि ज्यान गुमाएका परिवार र पीडितका लागि हुम्लाको सिमकोट गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने भएको छ ।
कार्यालयको कामको सिलसिलामा जिल्लाबाहिर रहेका गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशिला रोकाया भाम र कार्यपालिकाका सदस्यहरुबीच बसेको अनौपचारिक बैठकले भूकम्प पीडितका लागि गाउँपालिकाको तर्फबाट रु दुई लाख सहयोग गर्ने सहमति भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

विपदमा परेको बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई लागेको घाउमा मलमपट्टी लगाउनका लागि उक्त सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उक्त सहयोग रकम गाउँपालिकाले विपद कोषबाट प्रदान गर्ने भएको छ । आवश्यकताका आधारमा पीडितलाई राहत सामग्री खरिद गर्न सहयोग पुर्याउनका लागि सिमकोट गाउँपालिकाले नगद रकम जिल्ला प्रशासनमार्फत उपलब्ध गराउने भएको छ ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा कार्यरत ६५ जना कर्मचारीले पनि भूकम्पपीडितलाई प्रतिब्यक्ति एक हजार रुपैयाँ सहयोग उठाएर कोषमा जम्मा गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । एक दिनको खाजा खर्च बचाएर जाजरकोटका भूकम्पपीडीतलाई उक्त आर्थिक सहयोग गर्न लागिएको प्रमुख बोहराले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?