इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

Israeli soldiers are seen during a ground operation in the Gaza Strip, Wednesday, Nov. 22, 2023. (AP Photo/Victor R. Caivano)

हिमालय टाइम्स
Read Time = 1 min

सिन्ह्वा । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ ।

इजरायली सेनाले ग्राउण्ड अपरेशन शुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरण मात्र हो भन्ने स्पष्ट भइसकेको छैन । किनकि यस कदमको बारेमा इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन । इजरायली फिर्तापछि दर्जनौं नागरिकहरू आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए । केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए ।

इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको हो । जसले युद्धविराम र इजरायली बन्दीहरूलाई रिहा गर्नसक्ने बताइएको छ ।

आइतवार, संयुक्त राज्य अमेरिका, इजरायल, कतार र इजिप्टका वरिष्ठ गुप्तचर र सरकारी अधिकारीहरूबीच पेरिसमा बैठक भएको थियो । गाजामा हमास–इजरायल द्वन्द्व अन्त्य गर्ने सम्झौताको बारेमा छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?