गुल्मी। गुल्मी उद्योग संघको आयोजनामा गत कात्तिकमा सञ्चालन भएको महोत्सव पूर्ण रुपमा सफल भएको आयोजकले दाबी गरेको छ ।
गत कार्तिक १५ गतेदेखि २७ गतेसम्म जिल्लाको रेसुङ्गा नगरपालिका– ९ उपल्लो तम्घास खालकाचौरमा भएको प्रथम ऐतिहासिक गुल्मी महोत्सव पूर्ण रुपमा सफल भएको आयोजक संस्था गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले दाबी गर्नुभयो ।
सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमार्फत् महोत्सव आयोजकले लिएको उद्देश्य अनुरुप रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई प्रवद्र्धन गर्न र जिल्लामा लगानी सम्भावनाको खोजीका लागि सफल भएको उहाँले बताउनुभयो ।
अध्यक्ष भुसालले धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको पहिचान गर्दै लुकेर रहेका उद्योग व्यवसायको प्रवद्र्धन र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
महोत्सव सञ्चालन स्थल खालाकाचौरमा अवस्थित तम्घासस्थान मन्दिरमा पुग्ने आन्तरिक पर्यटकहरु बढेको भन्दै धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसारमा टेवा पुगेकोले जिल्लामा आन्तरिक पर्यटकहरु भित्र्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । महोत्सव सफल पार्न सहयोग गर्ने सरकारी तथा गैरसरकारी सम्पूर्ण संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
महासचिव सुर्दशन खनालले आगामी दिनमा तम्घास बजार बाहिर रहेको तम्घासस्थान मन्दिर परिसर खालाकाचौर महोत्सवका लागि नयाँ ठाउँको पहिचान भएको बताउनुभयो । महोत्सवमा तीन सयभन्दा धेरै स्टलहरु रहेका थिए । महोत्सव अवधिभर ६० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकले अपेक्षा राखेको थियो । सोही अनुसार महोत्सव सफल भएको समेत आयोजक संस्थाले दाबी गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच