सुदूरपश्चिम मुख्यमन्त्री भलिवल प्रतियोगिताको उपाधि एपिएफलाई

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । मुख्यमन्त्री पुरुष भलिवल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सम्पन्न तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जितेको हो । पहिलो सेट २५–२१ ले जित्दै गण्डकीले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो सेटको लयलाई कायम राख्न नसक्दा गण्डकीले हार व्यहोरेको हो ।

एपीएफ भने लगातार तीन सेटमा जित निकाल्दै फाइनलको उपाधि जित्न सफल भएको हो । एपीएफले दोस्रो सेट २५–१६, तेस्रो सेट २६–२४ र चौथो सेटमा २५–२१ ले जित्दै उपाधि उचालेको हो । एपीएफले उपाधिसंगै ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकीले २ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब तेस्रो भएको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएको हो । तेस्रो बनेको पुलिसले १ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजना तथा कञ्चनपुर जिल्ला भलिवल संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?