
काठमाडौं । युनिभर्सलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबलटेनिसमा स्वर्ण जित्नुभएको छ । सिंगल्सको ब्वाइजमा निरेश र गल्र्समा इच्छा पहिलो हुनुभएको हो । धुम्बाराहीस्थित युनिभर्सलमा भएको ब्वाइज सिंगल्सको फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापा मगरलाई ११-६ र ११–७ को सोझो सेटमा पराजित गर्नुभयो । ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेस्रो हुनुभयो ।
नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८-११, ११-६ र ११-७ को सेटमा हराउनुभयो । पिक प्वाइन्टकी विष्णुकुमार मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेस्रो बन्नुभयो ।
प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबलटेनिसका संयोजक विजय खरेलले जनाउनुभएको छ । दुई सिंगल्स स्पर्धामा खेल भएको थियो । विभिन्न पाँच खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच