
बैतडी । बैतडीमा जीपदुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन् ।
खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सुपप्र। ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप साेमबार आज बिहान करिब ४ बजेको समयमा पाटन–३ को धुरा भन्ने स्थानमा दुर्घटना परेको हो ।
घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का अन्ताजी ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक, खेमबिक्रम केसीले जानकारी दिनुभयो ।
उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ । घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेहरुको आज बिहानै स्थानीयहरुले उद्धार गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच