बहिनीलाई बचाउन गएका दाजुबहिनीसँगै जले

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । आइतवार राति खत्याड गाँउपालिका-२ गाँडेखोलामा आफ्नै घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा आगोमै जलेर १२ बर्षिया बहिनी झरना सहित १४ बर्षिया बिशाल सञ्ज्यालले ज्यान गुमाएका छन् ।

राति गाँडेखोलामा रहेको घरमा आमासँगै दाईबहिनीसंगै सुुतेका थिए । राति २ बजे घर भित्र आगो दनदनी जलेको बिशालले देखेका रहेछन । बिशालकी आमा सरस्वति र बिशाल बाहिर निस्के बिशालकी आमा छिमेकीलाई गुहार माग्न थालिन बिशालले बहिनी भित्रै रहेको थाहा पाएर बहिनी बचाउन भित्र पस्दा बाहिर निस्कनै नपाई बहिनी सँगै आगोमा जलेर बिशालको मृत्यु भएको खत्याड गाँउपालिका—२ का वडा अध्यक्ष हेमराज मल्ले बताउनु भयो ।

खत्याड गाउपालिका – २ गाडेखोलामा बस्दै आएका लालु संञ्यालको घरमा आगलागी हुदा उनका दुइ छोरा छोराछोरीको मृत्यु भएको र संगै जोडिएका उनका भाइ नरदिप र डिल्ली संञ्ज्यालको घर समेत पुर्णरुपले क्षेति भएको छ ।

घरमा आमा र दुई जना दाइ बहिनी बस्दै आएका थिए मृतक बालबालिका बाबु लालु संञ्ज्याल मजदुरी गर्न भारत गएका छन । बिशाल कक्षा ७ मा र बिहिनी कक्षा ४ मा जनजागरण माबि सेरीमा अध्ययन गर्दै आएका थिए ।

अन्दाजी राति २ बजे तिर उनिहरु बस्दै आएको तिनतले काठ र ढुङ्गाबाट निर्मित घरमा उनिहरुले बालेको आगोबाटै आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयि । राती बालबच्चा सहित आमा सरस्वती सन्ज्याल १४ वर्षिय छोरा विशाल सन्ज्याल र १२ वार्षिया छोरी झ्ररना सन्ज्याल संगै सुतेका थिए ।

मृतकका आफन्त बिष्णुराज दाहालले दिएको जानकारी अनुसार घरमा तिन जना मात्र थिए । एक दुई दिन अगाडि मृतककी आमा बाहिर सरी हिजो मात्र घर भित्र पसेर घर लिपपोत गरेर बेलुकीको खाना खाई सुतेका थिए । अन्दाजी राति २ बजे मृतक बिशालले घर भित्र आगो दन्केको देखी आमालाई भनेपछी आमा आत्तिदै छिमेकीलाई गुहार माग्न पुगिन । मृतक बिशाल बहिनीलाई बचाउन घर भित्र छिरेका रहेछन् । बाहिर निस्किन खोज्दा दलिनमा आगो दन्केर बाहिर आउने सकेनन् छन । आमासहित तीन जना छिमेकी तत्कालै पुगेका भएपनी उद्धार गर्न आएकाहरुले आगो राप बढेकाले उद्धार गर्न सकेनन । झयालबाट बिशाल बचाउनका लागी गुहार मागिरहेका रहेछन दुबै दाई बहिनीलाई उद्धार गर्ने एउटै उपाया झयाल फोडेर बाहिर निकाल्न सकिने रहेछ सरिया तोड्नका लागी चाहिने औजाररहरु तत्कालै नभेटिएकाले झयालमा राखेका फलामे सरिया तोड्न नसक्दा उनिहरुको ज्यान गएको बताइएको छ ।

मृतकका शव आगोले जलेर सनातखत हुन नसक्ने अवस्थामा भेटिएका छन् । शबको पोष्टमार्टम प्राथामिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर झिकाई घट्ना स्थलमै पोष्टमार्टम गरिने प्रहरीले बताएको छ ।

फोटो :  आगोमा परि मृत्यु भएका १४ बर्षिय बिशाल र १२ बर्षिया झरना संञ्ज्याल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?