सुरक्षाको माग गर्दै नवलपरासी जिल्ला प्रशासनमा व्यवसायीले बुझाए ज्ञापनपत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नवलपरासीका ब्यवासायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ज्ञापनपत्र बुझाएका छन्।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित न्यु धौलागिरी सुनचाँदी पसलका संचालक गजेन्द्र विश्वकर्मामाथि शनिबार साँझ ७ बजे तिर अज्ञात समुहबाट गोली प्रहार भएको थियो । सो घटनापछि ब्यवसायीहरुले शान्ति शुरक्षाको माग गरेका हुन् ।

नवलपरासीका उद्योग बाणिज्य संघ, सुनचाँदी ब्यवसायी नवलपरासी उद्योग बाणिज्य संघ बर्दघाट, सुनवल उधोग बाणिज्य संघलगायतकाले सयुक्त रुपमा निमित्त प्रमुख जिल्ला जिल्ला अधिकारी प्रकाश देवकोटालाई ज्ञापन पत्र बुझाएका छ्न् ।

पछिल्लो केहि घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको स्थिति बिग्रिएको बताउँदै ब्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र जिल्ला प्रशासनलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनुभयो ।

ब्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले सुरक्षाका लागि प्रशासन तम्तयार रहेको बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको बताउँदै उहाँले जिल्लाको शान्ति शुरक्षाकायम गरिने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अनुसन्धान जारी रहेको बताउँदै छिट्टै गोली प्रहार गर्ने समुह नियन्त्रणमा आउने दाबि गर्नुभयो । आचार्यले प्रहरीको प्राविधिक सहितको टोली मार्फत थप अनुसन्धानको काम सुरु भइरहेको जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?