घोराहीमा विद्युतीय प्रणालीबाट घर नक्सा पास शुरू

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

घोराही । घोराही उपमहानगरपालिकाले विद्युतिय प्रणाली अनलाईन मार्फत घर नक्सा पास गर्ने कार्य शुरु गरेको छ ।

विद्युतिय सुशासन सेवा अन्तरगत उक्त अनलाईन प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिकामा आउनु नपर्ने गरी अनलाईन मार्फत सेवा दिने छ । उक्त डाटा राष्ट्रिय सूचना प्रविधी केन्द्र सिंहदरबार काठमाडौमा समेत सुरक्षित रहनेछ ।

यसबाट फाइल राख्न र खोज्न हुने झन्झटको समेत अन्त्य हुने छ । डाटाहरुको रेकर्ड कति दर्ता भए रु कति सम्पन्न भए रु र कति इजाजत गए भन्ने बिषयमा तुरुन्तै जानकारी लिन सकिने छ । अब जग्गा नापजाँच वडा बाटै सम्बन्धीत वडाको अनिमबाट हुने छ ।

सर्जिमिन मुचुल्का सधियार हस्ताक्षर र १५ दिने सूचना र राजस्व सम्बन्धीत सबै वडाबाट हुने छ भने प्रमाण पत्र लिन मात्रै घर धनी उपमहानगरपालिकामा आउनु पर्ने छ । उक्त अनलाईन सेवाको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो । सोमबार एक कार्यक्रमका बिच घोराही उपमहानगरपालिका वडा नम्बर १७ धाईरेखुटीका चुडामणि घर्ती क्षेत्रीलाई उक्त घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको उद्घाटन गर्नुभयो ।

नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, अन्य इन्जिनियर र प्राविधिकहरुको उपस्थितीमा अनलाईन मार्फत घर नक्सा पास गर्ने कामको सुरुवात गरिएको हो । कार्यक्रममा नगर प्रमुख चौधरीले युग अनुसारको सेवा प्रबाह सरकारको जिम्मेवारी भएको बताउनुभयो ।

नागरिक सेवामा सहजता ल्याई छिटोछरितो र पारदर्शि सेवा दिन यो कामको सुरुवात गरेको बताउनुभयो । बलियो पूर्वाधारले मात्रै नागरिकको जनधनको सुरक्षा हुने उहाँको भनाई छ । साथै उहाँले विना इजाजत घरहरु बनाउने कार्यलाई रोक्न र सुरक्षित घर बनाउन नागरिकहरुलाई प्रोत्साहन गर्ने गरी कडाईका साथ निगरानी गर्न प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?