टेरामक्स खरिद प्रकरणमा नाम जोडिएकोबारे सांसद ज्ञानेन्द्र कार्कीको प्रतिक्रिया : अफवाह फैल्याइयो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताउनुभएको हो । उहाँले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताउनु भयो । उहाँले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन । र तपाईहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु । केही कुरा भए म पछि तपाईहरुसँग कुरा गर्नेछु । तपाई अनुसन्धान गर्नुस् जानुस् ।’

‘तपाईप्रति किन अफवाह फैलाइयो त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वमन्त्री कार्कीले त्यसमा तपाई आफैँ अनुसन्धान गर्नुस् भन्ने जवाफ फर्काउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?