कस्तो छ एमाले नेता नेम्बाङको स्वास्थ्य अवस्था ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिनुभयो । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भन्नुभयो, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्कीलगायतका चिकित्सकको समूहले उहाँको उपचार गरिरहनुभएको छ ।

नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उहाँलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?