नेपालीमा दुईवटा सारै मजाका उखान छन् । एउटाले भन्छ रछ्यान चलाई मुख छिटा । रछ्यान भनेको रछ्यान नै होइन हीन रुचि, दूषित मनोवृत्ति, खराब आचरण, निन्दित क्रियाकलाप हाँडी घोप्टे प्रवृत्तिलाई पनि यस उखानले जनाएको मानिन्छ । उखान अभिधात्मक हुँदैनन् । उखान कि त प्रयोजनवती लक्षणासँग सम्बद्ध हुन्छन् कि भने व्यंग्यार्थक हुन्छन् । व्यंग्य भनेको पनि बांगो अर्थ लाग्ने होइन त्यो त अप्रस्तुत प्रशंसा हो, छेडखान या गालीगलौज हो । व्यंग्यको अर्थ हुन्छ विशेष प्रकारको या प्रतीयमान अर्थ । कुनै वस्तु, दृश्य, घटना देखेर हाम्रा मनमा उत्पन्न हुने अनेकौं प्रकारका भावलहरीमध्ये कुन चाहिँसँग त्यो अर्थमध्ये निकट पनि रहेको, उद्देश्य पनि भएको तर सोझो भनाइ पनि होइन रहेछ भने त्यहाँ प्रतीयमान अर्थ प्रकट गर्ने सामथ्र्य भएको शब्द या शब्दवली आदि केही भेटिन्छ कि भेटिँदैन ? भनेर घोरिनुपर्छ ।
शुक्रबारको समाचार सुन्दा नेपाली समाचार संयन्त्रात्मक सञ्जालबाट प्रसारित समाचारमा प्रचण्ड र ओलीको भेट भएका खबरलाई नेपालका धेरैजसो समाचार संयन्त्रले भयानक आश्चर्यको बेलुन फुट्यो भने झैं गरेर सुनाए । हुन पनि प्रचण्ड र ओली भनेका समान विचार, समान कुल, समान गोत्र र प्रवर भएका रावण र विभीषणजस्ता छन् । को रावण र को विभीषण भनेर चाहिँ नभनौँ । तपाईंहरू जजसले जे बुझ्नुहुन्छ आआफैं छुट्याउनुस् है त ? अँ, अनि अर्को एउटा उखान छ घामतिर फर्केर थुके आफ्नै मुखमा थुकिन्छ भन्ने । घाम हामी कोहीभन्दा धेरैमाथि र व्यापक तत्व हो । त्यसका अभावमा यस ब्रहृमाण्डका कुनै पनि पक्ष चल्न सक्दैनन् ।
त्यसैले त्यो थुक्न होइन पुज्न लायक मानिन्छ । कोही कोही मान्छे राजा ज्ञानेन्द्रजस्ता पनि हुँदारहेछन् । २०१७ को घटनालाई सिको उनले पनि त्यसै गरे । जुन जनताका कारणले उनी राजा भएका थिए तिनै जनताले चुनाव गरेर छानेर ल्याएको मलगायत प्रजातन्त्रलाई च्वाम्म पारेर २०१७ सालको पुस १ गते उनका पिताले जे गरे त्यही उनले पनि दोहोर्याए र मलगायत सारालाई जेलमा र नजर बन्दमा पुर्याएका थिए । यसबाट गिरिजा बाबुलाई झ्वाँक चलेछ र आज हामी गणतान्त्रिक नागरिक बन्न पायौं । अन्यथा हामी रैतानका रैतान पो रहनेथियौं कि ? जे होस् मरुभूमिको अणीर पनि वृक्ष कहलिएजस्तै उल्टो बुद्धिका ज्ञानेन्द्र पनि धन्यवादका पात्र भए ।
खड्गप्रसाद शर्मा ओलीले आकाशतिर फर्केर थुके । आफूले लेखेर सही गरेको संविधानमा दुई वर्षसम्म सदन विघटनको सिफारिश गर्न नपाउने भनेर प्रावधान राखेर पनि सेटिङ मिलाएर सदनका गर्धनमा दुईपटक खड्ग प्रहार गरे । यसरी मूर्खतायुक्त काम गरेको परिणाम अहिलेसम्म ओलीले खेपेकोखेप्यै छन् ।
यिनको सिको गरेर यस्तै काम गर्दा मलाई फाबेको फाब्यै भएको छ । ओली र ज्ञानेन्द्र दुईजना चाहिँ खौलामा पर्यापर्यै छन् । नेपाली राजनीतिमा आकाशतिर मुख फर्काएर थुक्ने म (शेरबहादुर देउवा) र खड्गप्रसाद शर्मा ओली पनि हुन् । आकाशतिर फर्केर पहिला मैले नै थुकेँ । मान्छेका टाउकाको मोल तोकेँ, चुनाव घोषणा गरेँ तर आफूले भनेका मितिमा चुनाव गराउन सकिन । चुनाव गराउन नसकेपछि ज्ञानेन्द्रले आकाशतिर फर्केर थुके । उनले थुकेका थुकका छिटा उनकै मुखभरि परे तर मैले थुक्दा भने गिरिजा बाबुले मलाई लिएर छेकिदिनुभएथ्यो । यसरी मैले थुक्दा भने हावाले उडाएर लगिदियो । आफू उभिएकै ठाउँबाट घामलाई थुक्दा पनि मुखमा थुकका छिटा नपरेको देखेर आज म पनि चकित छु र दुनियाँ पनि चकित छ ।
खड्गप्रसाद शर्मा ओलीले पनि आकाशतिर फर्केर थुके । आफूले लेखेर सही गरेको संविधानमा दुई वर्षसम्म सदन विघटनको सिफारिश गर्न नपाउने भनेर प्रावधान राखेर पनि सेटिङ मिलाएर सदनका गर्धनमा दुईपटक खड्ग प्रहार गरे । यसरी मूर्खतायुक्त काम गरेको परिणाम हालसम्म ओलीले खेपेका खेपेकै छन् । करिब दुई तिहाइनेरको प्रधानमन्त्रीका कुर्सीबाट खुर्मुरिएको पनि कति वर्ष बितिसके केही चलेको छैन । उही काम गरेर पनि ओली र ज्ञानेन्द्र त्यसै पीडाले बेलाबेला बतुराउन लागेका छन् । विचरा ज्ञानेन्द्र कहिले पश्चिम नेपालतिर पुगेर मैले जनतालाई जिम्मा दिएको श्रीपेच खोइ ? भन्छन् त कहिले देश ठीक ढंगले चलेन भनेर दिउँसै सपना देख्छन् ।
ओलीको हालत पनि त्यस्तै छ जति छुचो टिप्पणी गरे पनि र जति तुफानमा कुदे पनि कोनि कसका सरापले के नमरेजस्तो सत्ता झन् झन् टाढिएको देखेर अब त कान्तिपुर टिभीको सिजन पाँचतिर गएर अनेकओली कुरा गरेर पनि रात कटाउन विवश हुन लागेछन् विचरा । यता उही काम गरेर पनि मभने सत्ता र शक्तिमा सुपरग्लुले टाँसेर छाडे झैँ टाँसिएको टाँसिएकै छु । यसरी हेर्दा नीतिले भनेको “भाग्यं फलति सर्वत्र नविद्या न च पौरुषम्” पनि सत्य रहेछजस्तो लाग्दछ । आफूसँग भएका बेलामा नै हो आफ्नो लागि बाटाका काँडा पन्साउने भनेर विचराले अलिअलि खर्च गरेरै भए पनि एउटा पुस्तक निकाल्न लाएर पूर्वराष्ट्रपतिबाट दुनियाँमा नभएको प्रतिभा पनि भजाए र धर्मप्रसाद ढकालको रगतको टाटो पनि पखाल्ने उद्योग गरी देखाए ।
देवीरमण र सुभद्राले चौतारो चिनेर महादीप बाले पनि सुभद्राको कोख सफल नभएजस्तो विचरा खड्गको खड्गो भने झनै लेपासिएको लेपासियै छ । यो पञ्चतन्त्रे पण्डित विष्णु शर्मा मान्छेका पाँचवटा कुरा गर्भमा रहेको पाँच महिनामा नै विधिले निर्धारण गर्छ भन्छ ः
आयुःकर्मन्चवित्तन्चविद्यानिधनमेव च ।
पञ्चैतान्यपि सृज्यन्ते गर्भस्थस्यैव देहिनः ।।
आयु, कर्म, धन, विद्या र मृत्यु । कस्तो अचम्मको होला त्यो विधि उही काम गर्दा कसैलाई खातैमाथि खात कसैको भने पुर्परामा हात । छोरो धतंगो, आफू सानैमा राजगद्दीमा बसेर लखेटिएको अब फेरि भतिजालाई मोहोर राखेर दर्शन गर्नुपर्ने अवस्थामा पुगेपछि किन चरित्र बनाएर बस्ने ? व्यापार गरेर धन भयो धन भएपछि राजगद्दी सदाका लागि किन सिध्याउने भन्ने तरंग चलेको पनि त हुनसक्छ भनेर फत्तुर लाएका लायै छन् जे भएको हो त्यो त म मरे पनि भन्दिन । प्रचण्ड, माकु र भारतीय गुप्त पक्षसँगका सल्लाहले काम पनि भयो गिरिजाप्रसादले चाल पाएका कारणले ज्ञानेन्द्रले श्रीपेच लाउने मौका पनि पाए । भाग्यमा नभएर उम्केको चिजलाई स्थायी गरौँन त भनेर सबैलाई कोच्काच पनि पारे तर २४० वर्षको इतिहासै सखाप पारिदिए ।
माकुनेलाई प्रधानमन्त्री बनाउने भनेर च्याँखे त थापेँ विमलेन्द्रले पनि बोले तर ओलीको धारिलो जिब्रो राष्ट्रिय मान्यता नै नपाएका दलका नेताले कसरी चलाउँछन् देश ? स्वतन्त्र मान्छे प्रधानमन्त्री हुन्छ, दलीय पद्धतिमा भनेर अड्को थापे ।
आफ्नु नभए पनि आफ्ना वंशको त थियो तर हाय ! भाग्य र बुद्धि । प्राप्तव्यमर्थं लभते मनुष्यः भनेको ठीकै पो रहेछ । रक्सीका टेबुलमा राखेर मैबाट सबै गराए पनि उनका भागमा गन्धे झार, मेरा भागमा रुद्राक्ष । भाग्य फलेको भनेको यही त हो, कस्तो भाग्य लिएर आएँछु । यसरी ज्ञानेन्द्र र ओलीजी अहिले पश्चातापाग्निमा रापिएर बस्न विवश हुनुहुन्छ । मलाई पनि अहिले कोशी प्रदेशले धरुक्क रुवाएको छ । त्यही कोशीका वटवृक्षको शीतल तापेर पाँच पटक प्रधानमन्त्री भए पनि अब त्यो वंशका मान्छेको जरोकीलो गर्न नपाएसम्म मलाई न रातमा निद न त दिनमा भोक भएको छ । अनेकौं जोड घटाउ गर्दा नि अब पार लाग्लाजस्तो छैन ।
माकुनेलाई प्रधानमन्त्री बनाउने भनेर च्याँखे त थापेँ विमलेन्द्रले पनि बोले तर ओलीको धारिलो जिब्रो राष्ट्रिय मान्यता नै नपाएका दलका नेताले कसरी चलाउँछन् देश ? स्वतन्त्र मान्छे प्रधानमन्त्री हुन्छ, दलीय पद्धतिमा भनेर अड्को थापे । यो कोशीपारिले बनायो पनि रुवायो पनि मलाई ? त्यो मोरो ज्योतिषीले सातपटक प्रधानमन्त्री हुनुहुन्छ हजुर भनेर यसै चेपारो पारेछ कि क्या हो ? उ..प्फ्.. आज निद्रा पनि कता गयो आँखै लाग्दैनन् । अब एक पेग नलाई निद्रा लाग्लाजस्तो छैन । नुवाकोट, सोलु रातोपुल र विराटनगर मेरा वक्र परेका छन् । जीवनभरि मसँग जुध्ने तनहुँका बाजेलाई त थुन्सेमा थन्क्याइदिएँ । यी प्रचण्ड पनि मेरा लागि बाघकै सवार भए भने ? आ.. जे होला हटाउन उकासिदिन्छु । म बोल्दिन । बोल्ने फ्याउराको के कमी ?
ज्ञानेन्द्रले जोरी खोजेकै हुन् भने त यी वामलाई हात लिनैपर्छ । दक्षिणतिरको जोगीसँग मेरो त्यति राम्रो बसाउठी छैन । लुम्बिनीले पार्नु फसाद पार्यो भन्या । मुख गनाउला भनेर... गा त ¥यालसिंगानै पो भएँछु । जसलाई पोज देखाउनुपर्ने उसैले लड्न लाग्दा मेरो हात समात्यो भने मेरो के इज्जत रहृयो ? उफ्..प्फ । हेर हेर, घ्वारघ्वार घुरेर सुतेकी छ यस्ती पनि जीवनसँगिनी । होइन यसलाई कसरी निद्रा लागेको भन्या । यत्रो चारैतिर आलोचनाका राँका बल्या छन् । कुन बेला कालकोठरी पुगिने हो ? ठूला कि श्रीमती हुँ भनेर पनि प्याच्च किन बोल्नु प¥या यसलाई । जति पढे पनि बेलामा बुद्धि नआउने जात र’ छ यो ।
वाम माछाको पुच्छर धारिलो हुन्छ, वाम मान्छेमा दुर दृष्टि हुँदैन भन्थे हो रहेछ आखिर नारी पनि त वामांगी नै मानिन्छन् नि । लौ पउने तीन भइसकेछ । आँखामा पटक्क निद्रा छैन । जे होला होला अब एउटा चुरोट खाएर पल्टेर आँखा चिम्लनुपर्ला । राज्यद्रोह, परधनलोभ, मनमोहिनीको कामना, दाजुभाइ र भाइभतिजाको इष्र्या भयो भने निद्रा लाग्दैन भनेर विदुरले धृतराष्ट्रलाई महाभारतमा भनेका छन् रे । आज मलाई यस्तो हुनाको कारण पनि छैटौं पटक प्रधानमन्त्री बन्न पाउँदिन कि भनेर नै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच