काठमाडौं – भारत यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३र३ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो । उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच