वडाध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?